कलेज धाउदैं आश्मा र सलोन, के यो प्रयासले सफल होलान् ?
मज्जाको अनलाईन समाचार, १५ गते मंगलबार, काठमाण्डौं
चलचित्र ‘आभास’को टोली यतिबेला चलचित्र प्रोमोशनको लागि कलेज कलेज धाउदै छ । मंगलबार बिहानै नोबेल एकाडेमीका विद्यार्थीहरुमाझ अन्तरक्रिया गर्न फिल्मको टोली बानेश्वर पुगेको थियो । विद्यार्थीहरुसँगको अन्तरक्रियामा सहभागी हुन चलचित्रका नायक सलोन बस्नेत, नायिका आश्मा डिसी, निर्माता गोविन्द शाही र चलचित्रका कलाकार सुनिल रावल विहानै कलेज पुगे ।
चलचित्रको पर्दामा देखेको कलाकारहरुलाई आफ्नै कलेजमा देख्दा विद्यार्थीहरु निकै हर्षित देखिए । उनीहरुले चलचित्रको टोलीसँग चलचित्रको बारेमा विभिन्न जिज्ञासा राखे, फोटो खिचाए, रमाईलो गरे ।
आफ्नो सिनेमाको मुख्य टार्गेट अडियन्स स्कुल कलेजका टिनएजर विद्यार्थी नै भएकाले पनि विद्यार्थीहरुको प्रतिक्रियाबाट आफु निकै खुशी भएको चलचित्रका निर्माता गोविन्द शाहीले प्रतिक्रिया दिए ।
‘जुन बर्गको लागि बनाईन्छ त्यही बर्गसँग सिनेमाको बारेमा अन्तरक्रिया गर्नाले चलचित्रलाई निकै फाईदा पुग्छ’, चलचित्रका कलाकार सुनिल रावले भने, ‘सायद , होष्टेलझै आभासलाई पनि दर्शकले मन पराउनुहुनेछ भन्नेमा विश्वस्त छु ‘।
कलेजका विद्यार्थीहरुले आफ्नो भुमिकालाई मन पराउनेमा नायिका डिसी निकै आशावादी देखिईन । ‘शुरुमा चलचित्रले कस्तो गर्ने हो भन्नेमा निकै चिन्ता भएपनि दर्शकबाट प्राप्त भईरहेको जिज्ञासाहरुले चलचित्रको हाईप निकै क्रिएट भएको पाएको छु’, चलचित्रका नायक सलोनले भने, ‘आशा छ चलचित्रले सबैको एक्सपेक्टेसन मिट गर्नेछ’ ।
पौष २५ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘आभास’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा आश्मा र सलोनसँगै संयम पुरी, निशा अधिकारी लगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV