मज्जाको अनलाईन समाचार, काठमाण्डौं, पुष ९ गते, बुधबार

हिम्मतवाली नायिका रेखा थापा आफुलाई हिरो मान्छिन् । चलचित्रको पर्दामा हिरोको अघि पछि नाच्ने हिरोईन आफु नभएको बताउदै उनि भन्छिन् , ‘म हिरो हु’ । ‘कस्तो हिरो ?’ उनको जवाफ, ‘रियल हिरो, जो समाज परिवर्तनको लागि लागिपरेको छ’ । उनको बुझाईमा चलचित्रको पर्दामा मात्र हिरोगिरी देखाएर केही हुदैन यथार्थमा पनि सेलिब्रेटी भएपछि समाज प्रतिको आफ्नो दायित्वलाई निर्वाह गर्नुपर्छ ।

रेखाले खेलेका पछिल्ला चलचित्रहरु उनको नामैले चल्ने गरेका छन् । उनलाई आफ्नो चलचित्रमा लिन निर्माता निर्देशकहरु प्रस्ताव लिएर उनको घरैमा पुग्छन् तर उनी होम प्रोडक्सनको बाहेक चलचित्र नखेल्ने भनेर फर्काउने गरेको बताउछिन् । सुरुवाती दिनहरुमा आफुलाई आईटम गीत र सानो सानो भुमिकामा मात्रै निर्माता निर्देशकहरुले प्रस्तुत गरेकोमा उनलाई चित्त बुझेको रहेनछ । नजानेरै त्यस्ता धेरै चलचित्रमा काम गरेता पनि अब भने बर्षमा एउटा चलचित्र तर नारीप्रधान चलचित्रमात्रै खेल्ने उनको सोच छ, त्यो पनि आफै निर्मात्री भएर ।

Rekha Thapa
आफुले सदैव आफ्ना चलचित्रको माध्यमबाट महिला शसक्तिकरणका कुराहरु उठाउने चाहना राखेको बताउदै अहिले आएर त्यो चाहना पुरा भएकोमा उनलाई खुशी लागेको रहेछ । यतिबेला रेखालाई नम्बर वान नायिका भनेर भनिन्छ तर उनले यो स्थानसम्म आउनको पछाडी सोभित बस्नेतले दिएको मौकालाई सम्झिईन्  । उनको भनाईमा निर्देशक सोभित बस्नेतले नै उनलाई पहिलो पटक विश्वास गरेर चलचित्र ‘दुर्गा’ मार्फत बोल्ड पात्रको रुपमा पर्दामा उतारेका हुन् । त्यो बेला देखि नै आफ्नो फिल्मी करियरले ‘यु टर्न’ लिएको उनी सुनाउछिन् ।

तर, उनै ‘नम्बर वान’ नायिका रेखाले होम प्रोडक्सन बाहेकको चलचित्र ‘तथास्तु’मा किन काम गरिन त ? कहिले सम्म उनले सिनेमामा गुण्डा कुट्ने अभिनय गर्लिन ? चलचित्र कर्मको उनको उतारचढाव कस्तो कस्तो भयो ? नायिका थापाले यि र यस्तै प्रश्नहरुको जवाफ मज्जाले दिईन । हिमालय टेलिभिजनबाट प्रत्येक मंगलबार राती ८ बजे प्रसारण हुने फर्सी नेटवर्कको कार्यक्रम फिल्मी चेकपोष्टको ६ प्रश्नमा उनको एक्सक्लुसिभ जवाफ यस्तो छ

For More videos Log on to Mazzako TV