मज्जाको अनलाईन समाचार, काठमाण्डौँ, मंसिर २७–

राष्ट्रप्रेम झल्काइएको सामाजिक कथामा बनेको चलचित्र जन्मभुमीको पहिलो मुहार सार्वजनिक गरिएको छ । यो चलचित्र वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको हो ।

janma bhumi

जन्भुमी को पोस्टर मा निस्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, बाल कलाकार सौगात बिस्ट नव कलाकार अग्रीम गिरि तथा निर्देशक मोहन निरौला देख्न सकिन्छ । साथै एस पोस्टर मा प्रशस्तै आन्दोलित भीड का साथै महिलाले हलो जोतेको दृश्य पनि देखाइएको छ ।

राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्रले बोलेको छ । चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको निर्देशक मोहन निरौलाले वताए ।

चलचित्र जन्मभुमीमा ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको पनि भुमीका रहेको छ । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर चलचित्र रिलिज गरिनेछ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा चलचित्रको प्रशस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि ‘जन्मभुमी’ नामक चलचित्रकै निर्देशन गरेका थिए ।

For More videos Log on to Mazzako TV