शुरु भयो संचिता र किशोरको ‘आरोप’
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर २१–
नायिका संचिता लुइटेल र नायक किशोर खतिवडाको मुख्य अभिनयमा फिल्म ‘आरोप’ बन्ने भएको छ । फिल्मको आज काठमाण्डौंको भद्रकाली मन्दिरमा शुभसाइत गरिएको हो ।
भोली मंगलबारबाट छायांकनमा जान लागेको यसको फिल्मको संचिता र किशोरले हात समाएर शुभसाइत टेक समेत दिएका थिए । अमर ओलीको निर्देशनमा बन्न लागेको यो फिल्ममा दिनेश पाठक र विजय सापकोटाको लगानी छ ।
दिलासा क्रियशनको ब्यानरमा बन्ने फिल्ममा संचारकर्मी लक्ष्मण सुवेदीको कथा, विरेन्द्र भट्टको छायांकन, सानु कुमार महर्जनको द्वन्द्व, विकास चौधरी र गणेश चौधरीको संगीत रहनेछ ।
फिल्ममा किशोर र संचिताको अलवा सुशिल पोख्रेल, रश्मी भट्ट, ऋचा थापा लगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मलाई काठमाण्डौ, नवलपरासी र चितवनका रमणीय स्थानमा खिचिनेछ ।
For More videos Log on to Mazzako TV








