मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसीर २२, सोमबार

IMG_1606

मानव जीवन संरक्षण मञ्च नेपालले चलचित्र ‘जिन्दगी रक्स’ युनिटको साथमा एच आई भी संक्रमित बालबालिकाहरुलाई लत्ताकपडा बाढेको छ । एच आई भी शिक्षा सदनका संक्रमित बालबालिकाहरुलाई करिब ४० हजार रुपैया बराबरको जाडोमा लगाउने कपडा सँगै खाद्यान्न बाडिएको हो ।

IMG_1602

अघिल्लो बर्ष मञ्चले नायिका केकी अधिकारीको हातबाट सहयोग हस्तान्तरण गरेको थियो भने यो बर्षको अभियानमा चलचित्र ‘जिन्दगी रक्स’ युनिटले साथ दिएको छ । करिब डेढ घण्टा चलेको कार्यक्रममा सदनमा अध्ययनरत बालबालिकाहरुले आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए । सो अवसरमा ‘जिन्दगी रक्स’ युनिटले पौष १८ गते चलचित्र प्रर्दशनपछिको हप्ता बालबालिकाहरुसँगै बसेर चलचित्र हेर्ने योजना रहेको पनि जानकारी गराएको छ ।

IMG_1625

किर्तिपुर भत्केपार्टीमा रहेको सफलता एच आई भी शिक्षा सदनमा हाल २१ जना एच आई भी संक्रमित बालबालिका रहेका छन् । ३ देखि १४ बर्षसम्मका बालबालिका मध्ये ९ जना छात्रा र १२ जना छात्र रहेका छन् ।

For More videos Log on to Mazzako TV