‘रोल्पा रोगको’ फष्टलुक यस्तो, फिल्म होला कस्तो ?
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर २०–
पौष १५ देखि छायाँकन प्रारम्भ हुने चलचित्र ‘रोल्पा रोग’ को फष्टलुक सार्वजनिक गरिएको छ । सम्पुर्ण छायाँकन रोल्पामा गरिने चलचित्रलाई ओस्कार कलेज अफ फिल्म स्टडिजमा अध्ययनरत दिपक वलिले पहिलो पटक निर्देशन गर्दैछन् ।
वलिले यस पुर्व केहि सर्ट फिल्मको निर्देशन गरेका थिए । ‘सक्छस् देश जोगा, सक्दैनस् ज्यान जोगा ‘ ट्याग लाईन दिईएको फिल्मले रोल्पाको कुनै समयको समाजलाई चित्रण गर्ने बताईएको छ । फिल्ममा सञ्चारकर्मी समेत रहेका शिशिर भण्डारीसँगै अन्य कलाकारहरु कुलद्धिप अधिकारी, जनक थापा लगायतका अभिनय रहनेछ ।
फिल्ममा दुई गीतहरु समावेश हुनेछ । जसमध्ये एकमा शिशिर भण्डारीकै शब्द, सँगीत र स्वर रहनेछ । फिल्मलाई निर्देशक समेत रहेका दिपक वलिले नै लेखेका हुन् । फिल्मको छायाँकन २५ दिनमा सकाईने निर्माण पक्षको लक्ष्य रहेको छ ।
For More videos Log on to Mazzako TV