मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर २०–

निलु डोमा शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म ‘हाउ फन्नी’ को छायांकन आजबाट शुरु गरिएको छ । राजधानीस्थित बनस्थलीमा रहेको एभरेष्ट चाइल्ड केयर नाम गरेको बाल आश्रमबाट फिल्मको शुभ मुहुर्त गरि छायांकन शुरु गरिएको हो ।


IMG_1458

चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोखरेको हातबाट क्ल्याप हानेर तथा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियबाट नरिवल फोडेर फिल्मको शुभ मुहुर्त गरिएको थियो । त्यसपछि नायिका निशा अधिकारीबाट फिल्मको पहिलो दृश्य कैद गरि छायांकन प्रारम्भ गरिएको थियो । पहिलो शट लिइएकोमा उत्साहित भएकी निशाले आफु फिल्ममा धनी बाउकी एक्ली छोरी र समाजसेवीको भुमिकामा देखिने बताइन् । निशाको दृश्यलाई क्यामेरामा कैद गरिरहेका सिनेम्याटोग्राफर हरि हुमागाईले पनि फिल्ममा नया टीम भएकाले उनीहरुको उत्साह कायम गर्ने गरि काम गरिरहेको बताए ।

how funny

यता यसै फिल्मबाट कार्यकारी निर्माता हुदै नेपाली फिल्ममा लगानी गरिरहेकी पुर्व मिस नेपाल माल्भिका सुब्बाले फिल्मले दर्शकलाई मनोरञ्जन दिने बताइन । ‘मेरो साथीलाई फिल्म निर्देशन गर्न् ७ बर्ष लाग्यो पक्कै पनि हामीले धेरै कडा मेहनत पश्चात फ्लोर ज्वाइन गरेका छौ , हामीले दर्शकको चाहना मर्न दिन्नौ र कथा उही सुनिएकै होला तर प्रस्तुतिको हिसाबले हामी नयाँ हुनेछौ’ उत्साहित हुदै माल्भिकाले बताइन ।

यसै गरि यसै फिल्म मार्फत फिल्म निर्देशनमा डेब्यु गरेकी निलु डोमा शेर्पा पनि निकै एक्साईटेड देखिईन । ‘निकै मेहनत पश्चात फ्लोर ज्वाइन गरेका छौ र फिल्म्ले दर्शकको समय र पैशाको सदुपयोग गर्नेछ’ निलुले बताइन । यता ‘हँसिया’ फिल्मबाट निकै चर्चा कमाएका अनुप बिक्रम शाही पनि ‘हाउ फन्नी’ बाट कुमुदको रुपमा चिनिने बताए ।

‘यसबाट निकै आशाबादी छु एउटा जोशिलो टीमको प्रवेह्स भएको छ नेपाली फिल्म क्षेत्रमा मैले पाएको कुमुदको क्यारेक्टर दर्शकले रुचाउनेमा म आशाबादी छु’ अनुपले आफ्नो भावना पोखे । यता फिल्मकी कोरियोग्राफर रेनेशा राईले पनि यसमा आफुलाई काम गर्न निकै च्यालेन्जिङ रहेको बताइन । ‘यसमा दर्शकले पक्कै नयाँ पाउनु हुनेछ र यसको डिस्को गीत पक्कै पनि दर्शकको लागि नयाँ हुनेछ’ रेनेशाले गीतको बारेमा बताइन ।

how funny 3

फिल्ममा दयाहाङ राई , प्रियंका कार्की र केकी अधिकारि पनि छन् । तर ‘वडा नम्बर ६’ को कारण दया र प्रियंका कार्यक्रममा उपस्थित हुन् पाएनन् भने केकी अस्ट्रेलिया भएको कारण आइनन । तर उनीहरुले सामाजिक सन्जालको माध्यमले शुभकामना भने दिन भ्याए । यसमा पटकथा तथा संवाद शान बस्न्यातको रहेको छ ।

how funny 4
how funny 5
how funny 2

For More videos Log on to Mazzako TV