रंग पत्रकारले हेरे ‘रङ बैजनी’ , फिल्म कस्तो छ नि ?
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर १९–
आजबाट देशभर प्रदशर्नमा आएको फिल्म ‘रङ बैजनी’ रंग पत्रकारहरुलाई देखाइएको छ । १२ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधानको यो कमब्याक फिल्मलाई पत्रकारहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
दुई महिला र एक पुरुषको प्रेम कथामा घुमेको यस फिल्मलाई केही पत्रकारले राम्रो कथावस्तु उठाएको प्रतिक्रिया दिए भने केहीले फिल्ममा लामो प्रस्तुती रहेको बताए । फिल्ममा गरिमा पन्त र दिक्पाल कार्कीको अभिनयलाई मनपराइएको छ ।
प्रेस शोमा निर्देशक प्रधान, कलाकारहरु गरिमा र दिक्पाल, लेखक नुतन प्रधान र सिनेमाटोग्राफर शंशाक प्रधान सहभागी थिए । प्रमोशनको क्रमदेखि नै निर्माण युनिटको सम्पर्क बाहिर रहेकी फिल्मकी अर्की नायिका सुमिना घिमिरे भने शोमा पनि सहभागी थिइनन् ।
हाम्रै समाजको पारिवारिक कथामा झल्किने ‘रङ बैजनी’ ले विस्तारै दर्शकको मन जित्ने विश्वास निर्देशक प्रधानले राखे । ‘हाम्रो फिल्म माउथ अफ वर्डका आधारमा विस्तारै अघि बढ्छ’, उनले भने ।
For More videos Log on to Mazzako TV








