दयारामले पाए चान्स, मोहन र सुनितालाई गराउन रोमान्स ! (फोटोफिचर)
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर १०–
संचारकर्मी दयाराम घिमिरे यतिवेला मोहन बोगटी र सुनिता शर्माको जोडीलाई दुबईमा रोमान्स गराउन सिकाउँदै छन् । तर आश्चर्य नमान्नुहोस्, यो जाडीलाई घिमिरेले रियल लाईफमा सिकाएका भने होइनन् ।

संगितकार तेनहाङ राइको गिति एल्वम ‘सानु’ मा समावेश एक गीतको म्युजिकि भिडियो निर्देशनका क्रममा निर्देशक घिमिरेले यो जाडीलाई रोमान्स गराएका हुन् । दुबईका विभिन्न रमणीय स्थानमा छायाकंन भएको यो म्युजिक भिडियोलाई रिवि बिक्रम थापाले खिचेका हुन् ।
बिदेशमा रहेका एक जोडी (प्रेमी–प्रेमिका) को कथा देख्न सकिने उत्त म्यूजिक भिडियो केही दिनभित्रै सार्वजनिक गरिने निर्देशक घिमिरेले बताए । हार्दिक मिडियाको प्रस्तुती रहेको यस गितमा आवाज राजेश पायल राइको रहेको छ भने शव्द राजेश बिद्रोहिको रहेको छ ।











