सुदर्शन र पुजाको बिहेमा कलाकार नाचे, ‘चमक चमक’ गर्दे यसरी कम्मर भाचे ! (भिडियो)
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ०२–
स्वर्गिय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ को रत्यौली गीत सार्वजनिक गरिएको छ । बिहेको महिना मंसिरलाई मध्यनजर गर्दै ‘चमक चमक’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा अभिनेता सुदर्शन थापा र पूजा शर्माको बिहे भइरहेको देखाइएको छ । उनीहरुको बिहेमा सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा लगायतका कलाकारले नाचेँका छन् । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यस गीतमा मनिष पोखरेल र रीता बुढाथोकीको स्वर रहेको छ ।
पूनम गौतम र सुदर्शन थापाले निर्माण गरेको यो फिल्म फागुन १५ गते रिलिज हुँदैछ । रामशरण पाठकको लेखन रहेको यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ ।
Watch Song Here :-
For More videos Log on to Mazzako TV







