हमजाएगाको एक लाख सहयोग, बालबालिकाकै लागि हुनेछ प्रयोग
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २०–
मंसिर ०५ गतेबाट देशभर प्रदशर्न हुन लागेको प्रतिक्षित नेपाली चलचित्र ‘हमजाएगा’ को निर्माण युनिटले एक सामाजिक संस्थालाई एक लाख रुपैंया सहयोग गरेको छ ।

सडक बालबालिका, श्रम कठिनाईमा परेका तथा यौन शोषणमा परेका बालबालिकाको निम्ति काम गर्दै आएको पोखराको किदासा अर्गनाईजेशनलाई सहयोग गरिएको हो । अमेरिकाको न्यूयोर्क शहरमा गरिएको ‘हमजायगा’ को च्यारिटीबाट संकलन भएको उक्त रकम आज बिहीबार काठमान्डौमा पत्रकार भेटघाट कार्यक्रमका बिच किदासा अर्गनाईजेशनलाई हस्तान्तरण गरियो । निर्देशक सुरेन्द्र पुन, निर्माता सूर्य ब्लोन र निर्माण कम्पनी मुनाल फिल्म्स्का अध्यक्ष भोज बहादुर गुरूङले एक लाखको चेक हस्तान्तरण गरे ।
नेपालीभाषीहरूको बाहुल्यता रहेको भारतको दार्जीलिङ र खरसाङमा निकै चर्चित रहेका चुट्किला पात्र दलबहादुर गुरूङ ‘हमजायगा’ को नाममाथि बनेको फिल्म ‘हमजायगा’ मा बाबु बोगटी, मनोज आरसी, विल्सनविक्रम राई, ऋचा धिताल, सपना श्रेष्ठ, पार्वती राईलगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







