सधै हसाँउने दिपाले भावकु हुँदै भनिन्– ‘सायद म संग आज आमा भइदिएको भए…’
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १३
‘आज मसंग सबैथोक छ तर मेरी ‘आमा’ छैनन्’, बिहिबार बिहान तिनकुनेस्थित निःसहाय वृद्धाश्रममा वृद्धवृद्धालाई खान्की बाँड्दै गर्दा भेटिएकी हास्य अभिनेत्री दिपाश्री निरौलाले भावकु हुँदै भनिन्– ‘आमा विना यो संसार नै शुन्य लाग्छ, सायद वहाँ भइदिएको भए मेरो सफलतामा म अझ बढी खुसी हुने थिएँ । ’

सधै हसाँइरहने दिपाले भावुक भएर यसो भनिरहँदा उनकै छेउमा रहेका केही संचारकर्मीको आँखा पनि रसायो । नरसाउन पनि कसरी जबकी उनी ‘आमा’ को कुरा गर्दै थिइन् । भन्दैथिइन्– ‘ एउटा सन्तानको लागि आमा नै सर्वैसर्वा हो । बुवा पनि सार्वैैसर्वा हो तर एउटी छोरीको संवेदना आमासँग बढी जोडिएको हुन्छ ।’
आफ्नी स्वर्गीय आमाको २४ औं पुण्य तिथिको अवसरमा आश्रममा बस्ने ४२ जना वृद्धवृद्धालाइ खान्की खुवाउँन पुगेकी दिपाले यसरी भावुक भएर ‘आमा’ नहुँदाको पिडा सुनाइन् । ‘आमा भनेको सुख र दु:खको साथी हुन् । उनी नहुँदाको पिडा आमा नहुनेलाई मात्र थाहा हुन्छ किनकी उसले महसुस गरेको हुन्छ’, दिपाले यसरी भावना पोखिन् ।

हरेक साताको बिहिबार ‘तितो सत्य’ टेलिफिल्म मार्फत दर्शकको घर घरमा पुगेर दर्शक हसाउने दिपाले आमाको पुण्यतिथिको बेलामा प्राय आफु वृद्धाश्रममा आइरहने बताइन् । ‘यहाँ आएर आमाहरुको मुख हेर्दा मलाई आफ्नै आमाका मुख हेरे जस्तो लाग्छ , मनलाई सन्तोक मिल्छ’, उनी भन्दै थिइन्– ‘एकछिन भएपनि असहाय आमा बुवाहरुको उज्यालो मुख हेर्न पाउँदा आनन्द महसुश हुन्छ ।’
दिपाकी आमा ४२ वर्षकै उमेरमा सेफ्टीसेमिया भन्ने रोगका कारण बित्नुभएको थियो । विराटनगरमै टेष्ट परिक्षा दिदै गर्दा काठमाण्डौको अस्पतालमा आमाको निधन भएकाले दिपाले आफ्नो आमालाई भेट्न समेत पाएकी थिइनन् ।














