आमा र सुदर्शनसंगै रेखाले मनाइन् छठ (फोटोफिचर)
अनिल यादव , काठमाण्डौ । भनिन्छ कलाकारको कुनै धर्म र पर्व हुँदैन् । जुनसुकै समुदायको लागी पनि उसको एउटै परिचय हुन्छ ‘कलाकार’ । त्यसैले कलाकार भएपछि सबै धर्म र समुदायलाई उत्तिकै महत्व दिइन्छ । झन नायिका रेखा थापालाई त यो मामिलामा धेरै सिकाइरहनै पर्दैन् । हरेक वर्षझै ‘हिम्मतवाली’ रेखाले यसवर्ष पनि तराईवासीको महान पर्व छठ मनाएकी छिन् ।

गौशालास्थित गुहेश्वरी मन्दिर अगाडीको नदिबाट रेखाले आज छठको मुख्य दिन अस्ताउँदै गरेको सूर्यको पूजा आराधना गरी खष्टी मातालाई अर्घ दिइन् । उनीसंग माता सरस्वती र हिम्मतवालीका नायक सुदर्शन गौतम पनि सहभागी थिए ।

अस्ताउँदै गरेको सूर्यलाई नरिवल, अदुवा, ठेकुवा, भुुसवा, केरा, फलफूल मिठाइसहितका प्रसाद अर्पण गर्दै यो पर्व मनाइने गरेको छ । ‘यो वर्षको छैठ मेरो ममीसंग मनाउँन पाउँदा निकै खुशी भएकी छु’ पूजा आराधना गर्दै गर्दा भेटिएकी रेखाले भनिन्– ‘मेरो मनोकामना पक्कै पनि पुरा हुन्छ भन्ने अपेक्षा राखेकी छु किनभने मसंग पूजामा मेरी ममी हुनुहुन्थ्यो ।’ मनोकामनाको विषयमा भने चाँही उनले केही खुलाउन चाहिँनन् । ‘मेरो मात्र होइन् छैठी माताले सबैको कल्याण गरुन्’, उनले थपिन् ।

हाम्रो तर्फबाट पनि छठ पर्वको सबैलाई शुभकामना ।
For More videos Log on to Mazzako TV








