राष्ट्रिय सम्मान सहित श्रीकृष्णको अन्त्येष्टि
मज्जाको अनलाईन, काठमाडौं, २०७१ श्रावण २७ गते, मंगलबार
शनिबार मुम्बाईको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतीको आर्याघाटको २ नम्बर चितामा श्रीकृष्णको पार्थिव शरीर माथि सरकारको प्रतिनिधित्व गर्दै मन्त्रीहरु प्रकाशमान सिंह डा.मिनेन्द्र रिजालले संयुक्त रुपमा राष्ट्रिय झन्डा ओढाए ।

त्यस्तै, नेपाल प्रहरीको एक टुकुटीले श्रीकृष्णको अन्त्यष्टिमा सम्मान गारच सलामी दिएको थियो । स्व.श्रीकृष्णका जेठो दाजु रामकृष्ण श्रेष्ठले श्रीलाई दागबत्ती दिएका थिए । ४७ वर्षिय श्रीकृष्ण ६ जना छोराहरु मध्येका कान्छो छोरा हुन् ।

बोन क्यान्सरका कारण शनिबार भारतमा निधन भएका श्रीकृष्णको पार्थिव शरीरलाई सोमबार मात्रै दिउँसो पौने चार बजे नेपाल ल्याइएको थियो । श्रीेकृष्णको पार्थिव शरीरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शवयात्रा निकाली तिनकुने, नयाँ बनेश्वर, माइतीघर, भद्रकाली, हुदै नेपाल प्रज्ञा प्रतिष्ठानमा ५ बजे पुर्याइएको थियो ।


लोकप्रिय अभिनेता श्रीकृष्णप्रति समवेदना प्रकट गर्न सम्पूर्ण फिल्मकर्मी, विभन्न दलका प्रमुख नेता तथा सामाजिक अगुवा प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए । तर भीड नियन्त्रण गर्न नसकेपछि श्रीको शवलाई प्रतिष्ठानमा केही बेर मात्रै राखेर पशुपति आर्यघाट लगियो ।


हजार्रौं शुभचिन्तक इयरपोर्ट देखि आर्याघाटसम्म श्रीकृष्णप्रती समवेदना प्रकट गर्न लाम लागेका थिए । पशुपतीमा शुभचिन्तकको भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । सवयात्रामा सहभागी शुभ चिन्तकले ‘श्रीकृष्ण अमर रहुन्’ भन्दै जयजयकार गरेका थिए ।


स्व. श्रीकृष्णको अन्त्यष्टिमा वृद्ध आमा र एक महिना अगाडी मात्रै श्रीकृष्णसँग बिवाह गरेकी अभिनेत्री श्वेता खड्को भावविहल दृश्यले सबैको आँखा रसाए । स्व. श्रीकृष्णको म्हेपी घरमा श्वेता र दागबत्ती दिएका जेठो दाजु कोरा पस्ने निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन् ।

एक सय बढी फिल्ममा अभिनय गरेका अभिनेता श्रीकृष्णको दुःखद निधनले सिङ्गो मुलुक शोकमा डुबेको छ । अन्त्यष्टिसँगै श्रीकृष्ण सबैबाट सदाको लागि बिदा भएका छन् । तर उनले नेपाली फिल्ममा दिएको योगदान सदा अमर रहिरहनेछ । श्रीकृष्ण र श्वेताको मुख्य भूमिका रहेको फिल्म ‘कोहिनूर’ हाल देशभर प्रदर्शनरत छ ।


For More videos Log on to Mazzako TV








