खुशी छन् राजेशपायल राई, ‘मुहार पुस्तिका’ भेरिफाईडको खबर पाई

गायक राजेश पायल राईलाई ‘मुहार पुस्तिका’ अर्थात ‘फेसबुक’ले पत्याएको छ । उनको आधिकारीक फेसबुक पेज भेरीफाईट भएको छ । फेसबुकले फ्यान फलोईङ्ग र रेगुलर अपडेटका आधारमा पेजलाई भेरिफाईड चिन्ह प्रदन गर्ने गरेको छ । राईको फेसबुक पेज भेरिफाईड हुनुले पनि उनको देश तथा विदेशमा फ्यानफलोइङ्ग धेरै रहेको बुझ्न सकिन्छ ।

नेपालमा फेसबुक भेरीफाईड हुनुलाई ठुलो महत्वका साथ नहेरिएपनि अन्तराष्ट्रिय स्तरमा भने सामाजिक संजाल भेरीफाईड हुनुलाई निकै महत्व दिईन्छ । राजेश फेसबुक भेरिफाईड हुने पहिलो गायक बनेका छन् । यसअघि गायिकाहरु सुनिता दुलाल, मुना थापा मगरको फेसबुक भेरिफाईड भएको थियो । उनको फेसबुक बुधबार भेरिफाईड भएको हो ।
करिब एक लाख दश हजार लाईक पुग्न लागेको उनको फेसबुक पेज भेरिफाईड भएपछि राजेश निकै खुशी देखिएका छन् । ‘नयाँ पुस्ताका स्रोताहरुसँग फेसबुकको माध्यमबाट कुराकानी गर्न पाउदा धेरै खुशी लागेको छ, फेसबुकमा स्रोताले दिनुभएको सुझाव सल्लाहलाई सधै सिरोधार्य गर्ने गरेको छु’, राजेशले भने ‘आगामी दिनमा पनि स्रोताको रुचि अनुसार गीत गाएर खुशी बनाउने मेरो प्रयास जारी रहनेछ’ ।
For More videos Log on to Mazzako TV







