आऊ चोखो माया लाऊ, प्रजिता भन्छिन् ‘छाडी नजाउ’

गायिका प्रजिता गेलाल मिठो गीत गाँउछिन् । माया पिरतीका गीतसंगीतमा उनको रुचि छ । ‘स्टिल लभिङ्ग यु’, ‘झुमी झुमी’ उनका दुई एल्बमले बजारमा कमाल गरिसकेका छन् । यतिबेला उनी तेस्रो एल्बम ‘प्रजिता’ बजारमा ल्याउने तरखरमा छिन् ।

तर, एल्बम प्रजिताको एक गीतको म्युजिक भिडियो भने हालसालै रिलिज गरिएको छ । ‘छाडी नजाऊ तिमी’ बोलको म्युजिक भिडियोमा प्रजिताको साथमा सञ्चारकर्मी श्याम अर्याललाई देख्न सकिनेछ । गीतमा भने गायिका प्रजितालाई धर्मेन्द्र सेवानले साथ दिएका छन् । गीतमा शब्द तथा संगीत शैलेस अधिकारीको छ ।
‘भिडियो हेरेर प्रतिक्रिया निकै राम्रो आएको छ’, प्रजिता खुशी हुदै सुनाउछिन् ‘दर्शक स्रोताले निकै माया गर्नुभएको छ, यो साथ र मायाको लागि सधै आभारी छु ।’ संगीतलाई उनी मनको साथी भनि सम्बोधन गर्छिन । ‘सुखमा, दुखमा, एकान्त होस् वा त भिडमा जहाँ भएपनि हामीलाई संगीतले नै साथ दिएको हुन्छ’, उनको भनाई यस्तो छ ।
यतिबेला अष्ट्रेलियामा बसोबास गरिरहेकी प्रजिता बेला बेला नेपाल आँउदै जादै गर्छिन् । उनी अष्ट्रेलियमा हुने कार्यक्रमहरुमा पनि आफ्ना प्रस्तुतीहरु दिन पछि पर्दिनन् । नेपाली संगीतलाई माया गर्ने उनी प्रत्येक बर्ष एउटा एल्बम निकाल्दै जाने योजनामा छिन् ।
For More videos Log on to Mazzako TV







