१९ बर्षे किशोरको फिल्मी रेश, जंगबहादुरको कोटमा बिमलेश !
चलचित्रको नाम हो ‘जंगबहादुरको कोट’ । चलचित्रको यतिबेला धमाधम सुटिङ्ग चलिरहेको छ । रमाईलो कुरा त के छ भने चलचित्रको निर्देशन १९ बर्षे किशोर आशिष भेटवालले गरिरहेका छन् । खड्का एण्ड सन्स सिने इन्डष्ट्रिजको ब्यानरमा निर्माण भईरहेको चलचित्र ‘जंगबहादुरको कोट’ युनिटले भर्खरै अष्ट्रेलियाको सुटिङ्ग सकेको छ ।

चलचित्रको अब चाडै नेपालका विभिन्न ठाँउहरुमा सुटिङ्ग हुने जानकारी गराईएको छ । चलचित्रमा बिमलेश अधिकारी, सुचित्रा आचार्य, सुभाङ्गी कोईराला लगायतका कलाकाररुकले अभिनय गरेका छन् । अब गरिने बाँकी सुटिङ्गका लागि केही अनुभवी कलाकारहरुको छनौट यतिबेला धमाधम भईरहेको निर्माण युनिट जानकारी गराउछ ।
चलचित्रको निर्माण योगेन्द्र खड्का, जयन्द्र खड्का तथा देवी शिवाकोटीले मिलेर गरेका हुन् । ‘जंगबहादुरको कोट’ लाई बिदुर पाण्डेले खिचिईरहेका छन् ।
For More videos Log on to Mazzako TV







