संयमको चर्तिकला छैन सस्तो, पुन्टे परेड होला कस्तो ?
चुलबुले पुन्टे कलाकार संयम पुरीको चर्तिकला होला कस्तो, कौतुहलता सबैलाई छ । अपेक्षा रमाईलो होला भन्ने नै छ । किनकी चलचित्रको नामै रमाईलो छ, ‘पुन्टे परेड’ । नाम मात्रै होईन, चलचित्रको कथाबस्तु पनि निकै रमाईलो रहेको चलचित्रका निर्देशक बताउछन् ।

शनिवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा चलचित्र ‘पुन्टे परेड’को फष्र्ट लुक रिलिज गरिएको छ साथै चलचित्रको रिलिज डेट बारे पनि सबैलाई जानकारी गराईएको छ । श्रावण २ गतेबाट प्रर्दशनमा आउन लागेको चलचत्रि ‘पुन्टे परेड’मा संयम पुरी चुलबुले पात्रको रुपमा देखिनेछन् ।

एसएलसी पार गरेपछि क्याम्पस पढ्न जाने टिन एजर्सहरुको रमाईलो कथा हो ‘पुन्टे परेड’ चलचित्रका निर्देशक सुवास कोईरालाको भनाई यस्तो छ । निर्देशकका अनुसार चलचित्रमा कमेडीको भरपुर मसलाहरु रहेको छ ।

श्रावण २ गतेबाट अलनेपाल रिलिज हुन लगेको चलचित्र ‘पुन्टे परेड’मा संयमका अलावा एन्जिला दाहाल, निलु डोमा शेर्पा, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगायतको अभिनय हेर्न पाईनेछ । चलचित्रमा विशेष भुमिकामा नायिका प्रियंका कार्कीलाई पनि हेर्न पाईनेछ ।

चलचित्रलाई हरि महतले निर्माण गरेका हुन् । निलु डोमा शेर्पाको कथा रहेको यस चलचित्रमा पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ ।








