लौ, दिुनपर्यो बधाई, साईत जुर्यो दिपालाई
हाँस्यकलाकार दिपाश्री निरौलाको एक बर्ष अघि किनिएको घरमा सायदै यति धेरै मानिसहरु भेला भएका थिएनन होला । नजिकका साथीभाई, हाँस्यकलाकर, चलचित्रकर्मी, पत्रकार सहित छरछिमेकी साथै गृहनगर विराटनगरबाट पनि उनका थुप्रै नातेदारहरु आएका छन् । दिपा निकै खुशी देखिएकी छिन् ।

आज(बुधबार) पुरानो बानेश्वर स्थित उनको घरमा पुग्दा निकै रमाईलो दृश्य देखियो । उनको घरलाई दुलही झै सिंगारिएको छ । खासमा के हो त ? दिपाले रियल जोडी भेट्टाएकी हुन त ? मनमा प्रश्न उब्जिनु स्वभाविक नै हो ।
बिस्तारै बुझ्दै जाँदा पो थाहा भयो, उनले १ बर्षअघि किनेको नयाँ घरको पुजा गर्न घरलाई सिंगारेकी रहिछन् । उपस्थित धेरैलाई त दिपाले किन बोलाएकी हुन भन्ने पनि थाहा रहेनछ ।
‘कारण सहित बोलाउनु भन्दा त्यतिकै बोलाउदा सरप्राईज हुन्छ भनेर धेरैलाई घरपुजा भनेर जानकारी गराएकी थिईन’, दिपाले हाँस्दै भनिन् ‘धेरैले आउने बित्तिकै जोडी बाधिन लागेको हो भनेर सोधिईरहनुभएको छ, रमाईलो नै लागिरहेको छ ।’

बुद्व जयन्तीको दिन पारेर दिपाले घरपुजा, होम, बास्तुपुजा, सत्यनाराणको पुजा लगाएकी हुन् । पुजाका लागि भनेर विराटनगरदेखि गाडी रिर्जभ गरेर दिपाका आफन्त काठमाण्डौं आएका छन ।
‘जे होस काठमाण्डौंमा घर किन्ने, आफ्नै मेहनतले गाडी चढेर हिड्ने सपना थियो पुरा भयो’, अलि भावुक बन्दै दिपाले भनिन् ‘जीवनमा धेरै दु:ख गरियो, आज भगवानले साथ दिएर यो स्थानसम्म आईपुगेकी छु, मेरा सबै दर्शक स्रोताहरुलाई आजको यो पावन दिनमा धन्यवाद भन्न चाहान्छु ।’

घर किनेर घर पुजाको लागि त साईत जुराउनु भयो विवाहको लागि चाही कहिले साईत जुर्ला ? भन्ने प्रश्नमा हास्दै दिपाले भनिन् ‘राजेश हमाल, मिथिला दिदीको त भर्खर साईत जुर्दै छ मेरो पनि जुर्छ, घर किनेको एक बर्षमा घरपुजाको साईत जुर्यो विहेको पनि त जुर्ला नि ।



For More videos Log on to Mazzako TV








