विधानको कमाल, सम्झनालाई जाली रुमाल (भिडियो सहित)

सञ्चारकर्मी विधान कार्कीले निर्देशन गरेको पहिलो गीति भिडियो सार्वजनिक भएको छ । गायिका सरिता प्रजापतिले गाएको ‘सम्झनालाई जाली रुमाल’ बोलको गीतमा विधानले आफ्नो निर्देशकिय कमाल देखाएका छन् ।
‘पहिलो पटक निर्देशन गरेको भिडियो केही कमी कमजोरी छन होला तर सबैले राम्रो प्रशंसा गर्नुभएको छ’, निर्देशक कार्की भन्छन् ‘मेरो पहिलो काम देखेर नै धेरै अफरहरु आउन थालीसकेका छन् ।’
‘सम्झनालाई जाली रुमाल’मा नाई नभन्नु ल २ गर्ल बर्षा शिवाकोटीलाई देख्न सकिन्छ । बर्षाको साथमा किरण, सुदिप, प्रविन र निरजले पनि अभिनय गरेका छन् । कलाकारहरुको कामले पनि निकै प्रशंसा बटुलेको निर्देशक कार्की बताउछन् ।
गायिका सरिता प्रजापतिको आवाज रहेको यस गीतमा बिक्रम थापाको संगीत रहेको छ । गोविन्द प्रसाद उपाध्यायले लेखेको यस गीतको संगीत संयोजन भने गोपाल रसाईलीको रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV







