Ranveer-Singhकुनै पनि निर्माताको मन हुन्छ कि उनको फिल्म रिलिज पुर्व फिल्म संग जोडिएको कलाकारको लुक्स आउट न होस् ।यसको लागि निर्माताले  धेरै प्रकारको कोशिस गर्दछन,तर खबर यो हो कि जोय अख्तर अरु निर्माता भन्दा एक कदम अगाडी निस्केका छन्।

उनको अब रिलिज हुन लागेको फिल्म ‘दिल धड्कने दो’,मा रणबिर सिंहको लुक्स आउट हुन बाट बच्नको लागि औता सहमति गरेका छन् ।यो सहमतिमा रणबिरले शुटिंग नसकुन्जेल कसैको सिनेमा र बिज्ञापन खेल्न पाउने छैनन्।

रनाबिर निकटले भने ‘रणबिरको लुक्स निर्माण पक्ष्यले सिक्रेट राख्न चाहेको छ यहि भएर साढे ४ महिना सम्म ‘दिल धड्कने दो’ शुटिंग चल्ने छ ,शुटिंग अवधि  भर उनले यो सहमति गरेका हुन्।टर्की,स्पेन,इटाली फ्रान्स मा छायांकन हुने सिनेमामा अनिल कपुर ,माधुरी दिक्षित र तब्बु लाइ साइन गरिएको चर्चा छ।

For More videos Log on to Mazzako TV