चालिस दिनाम सुटिङ्ग सक्ने लक्ष्य राखेर फ्लोरमा जान लगेको चलचित्र ‘कुर्वान’मा कलाकारहरुको रुपमा सविन श्रेष्ठ, प्रज्जवल गिरी, आयुश्मा कार्की, उमेश उप्रेती लगायत हुनेछन् ।

चलचित्रको निर्माण प्रेम तामाङ्गले गर्दैछन् । चालिस लाखको बजेटमा बन्न लागेको यस चलचित्रलाई मोहन काश्यम घिमिरे खिच्नेछन भने चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको हुनेछ ।

kurban

प्रेम र द्वन्दको कथा रहेको चलचित्र ‘कुर्वान’लाई दशैमा रिलिज गर्ने लक्ष्य लिईएको छ । एक्सन प्रधान चलचित्र कुर्वानमा द्वन्द निर्देशन भने अहिलेका चर्चित द्वन्द निर्देशक चन्द्र पन्तको रहनेछ ।

चलचित्र ‘कुर्वान’का निर्देशक बेदप्रसाद भुर्तेलले यसअघि धेरै भिडियो चलचित्रहरु र केही ठुला चलचित्रहरु निर्देशनको अनुभव संगालिसकेका छन् । उनले निर्देशन गरेको चलचित्र भित्ती र संजोग को यतिबेला पोष्टप्रोडक्सनको काम भईरहेको छ ।

For More videos Log on to Mazzako TV