संगीतकार टंक बुढाथोकीको बलिउड छिर्ने तयारी
काली तिम्रो नजरैले गोली मार्यो डिच्याउ डिच्याउ’ काली नायिका रेखा थापाको आगामी चलचित्र हिम्मतवालीको लागि संगीतकार टंक बुढाथोकीले तयार पारेको गीतको शब्द हो यो । उनै संगीतकार
टंक बुढाथोकी बलिउडको तयारी गर्दै रैचन् ।
उदित नारायण झा देखि लिएर धेरै नेपाली गायक गायिकाहरुसँग काम गरिसकेका बुढाथोकीले पछिल्लो समय चलचित्र संगीतमा निकै ब्यस्त छन् । पुतलीसडकमा उनले आफ्नै ‘स्टुडियो नाईन’ सञ्चालन गरिरहेका छन् ।
लगभग १५ २० वटा चलचित्रमा संगीत भरिसकेका टंकले एक हिन्दी चलचित्रको लागि भनेर तयार पारेको हिन्दी गीत सुनौ न त कस्तो छ ।