हिन्दी पछि नेपाली चलचित्र वितरणमा दर्शना आर्टस
दर्शनाले ‘ऋतु’ पछि ‘वान वे’, ‘हँसिया’, ‘उत्सव’ र ‘पुन्टे परेड’ लगायतका चलचित्रको पनि डिष्ट्रीब्युसन गर्ने जिम्मा पाईसकेको छ । दर्शनाले नेपालमा वितरण गरेका चलचित्रहरु ‘चेन्नाई एक्सप्रेस’, ‘फटा पोष्टर निक्ला हिरो’, ‘आर राजकुमार’, ‘हसी तो फसी’, ‘बेसरम’, ‘जंजीर’‘सुद्व देशी रोमान्स’, ‘सोले थ्रि डी’, ‘सादी के साईड इफेक्ट्स’ लगायत छन् । गत बर्ष जम्मा १२० वटा चलचित्र रिलिज हुदा वितरण गर्ने संस्था जम्मा दुई चारवटा मात्र थिए तर यो बर्ष वितरण गर्ने संस्थाहरु धमाधम थपिईरहेका छन् ।
नेपाली चलचित्र वितरण थालेको औपचारिक घोषणा कार्यक्रममा दर्शनाले डिष्ट्रीब्युट गर्ने चलचित्रहरुको ट्रेलरहरु पनि देखाईयो । कार्यक्रममा बोल्दै दर्शनाका सिईओ सुरेशदर्पण पोख्रेलले सेलेक्टेड नेपाली चलचित्रहरुको मात्रै वितरण गर्ने बताए । यसअघि ‘माया दिउ झै भो’ नाम राखेर भोजपुरी र नेपाली दुबै भाषामा सिनेमा बनाईसकेको दर्शनाले राम्रो स्क्रिप्ट र कन्सेप्टसहित यदि कोही आएमा सहकार्य गरेर चलचित्र निर्माणमा अघि बढ्ने पनि जानकारी दिईयो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न ब्यक्तिहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
For More videos Log on to Mazzako TV








