जेठानी–देउरानी आमनेसामने! केकी र आँचलको यस्तो झगडा ‘जेठानी भर्सेस देउरानी’ हेरेर दंग पर्नुहुन्छ !
असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ ले तीजको मौका छोप्दै यस्तो गीत ल्याएको छ, जसले अहिलेबाटै चर्चा बटुल्ने संकेत देखाएको छ ! गीतको नाम नै छ ‘जेठानी भर्सेस देउरानी’…
अनि भिडियोमा केकी अधिकारी र आँचल शर्माबीच सुरु हुन्छ यस्तो घम्साघम्सी, मानौँ तीजको गीत होइन, घरभित्रको हिसाब किताब खोल्ने अदालत बसेको हो!

७ मिनेट लामो गीतमा जेठानी बनेकी केकी र देउरानी बनेकी आँचलबीचको झगडा, दोहोरी र तिखा संवादले दर्शकको ध्यान तान्छ। अझ रमाइलो कुरा त के छ भने, गीतका केही लाइन सामाजिक सञ्जालमा भाइरल हुने खालका छन्। एलिना चौहान र रचना रिमालको स्वर, बाबुल गिरीको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा जेठानी–देउरानीको टक्कर नै मुख्य आकर्षण बनेको छ।








