खान्दानी केटो भन्दै छोरीको इच्छा नै नसोधी जबरजस्ती विवाह गरिदिएपछि सुरु हुन्छ एउटा यस्तो पारिवारिक कथा, जहाँ माया, सम्बन्ध र सहनशीलताको सीमासमेत टुट्दै जान्छ!यो कुनै सामान्य पारिवारिक फिल्म होइन…
यो त नेपाली समाजको त्यही तीतो सत्य हो, जुन धेरैले देखेका छन् तर बोल्न डराउँछन्! भदौ २६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म **‘अक्षरा’**को ३ मिनेट २४ सेकेण्ड लामो आधिकारिक ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा न्यान्सी खड्का र सुशील सिटौला मुख्य भूमिकामा देखिएका छन्। विशेषगरी न्यान्सीको चरित्रले दर्शकलाई एउटा प्रश्न सोधेर छाड्छ…छोरीको जिन्दगीको फैसला गर्ने अधिकार आखिर कसको?
अभिभावकको कि स्वयं छोरीको?
👀झन् चर्को कुरा त के छ भने, फिल्म रिलिजपछि निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्माण पक्षले घोषणा गरेको छ।

अब भदौ २६ गतेपछि हलमा एउटा कुरा पक्का देखिनेछ…
‘अक्षरा’ केवल फिल्म बन्छ कि नेपाली समाजको ऐना? तपाईंलाई ट्रेलर हेर्दा न्यान्सी खड्काको अभिनय कस्तो लाग्यो? कमेन्टमा भन्नुहोस्।

For More videos Log on to Mazzako TV