अधिकांश नेपाली फिल्मलाई एक हप्ता पनि हलमा टिक्न गाह्रो भइरहेको बेला ‘गौँथली’ले भने ५१औँ दिनसम्म आफ्नो दबदबा कायम राखेको छ! झन् चकित पार्ने कुरा त के भने, ‘गौँथली’ अहिले ४३ हलमा ५९ शोसहित प्रदर्शन भइरहेको छ! निर्माता सुमन गिरीका अनुसार फिल्मले अहिलेसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरिसकेको छ।

यति मात्र होइन, ‘पूर्ण बहादुरको सारङ्गी’पछि ‘गौँथली’ नेपाली फिल्म उद्योगकै दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको दाबी गरिएको छ। सोच्नुहोस् त, धेरै फिल्म एक हप्ता नपुग्दै हलबाट हराइरहेका बेला एउटा फिल्म ५१ दिनसम्म ४३ हलमा कसरी टिकिरहेको छ? यो अब फिल्मको कमाइ मात्र होइन, दर्शकको मायाको यस्तो हिसाब हो, जसले नेपाली सिनेमालाई नै अर्को तहमा पुर्‍याएको छ!निर्देशक डा. कपिल रिजालले दर्शकको मायाले आफूहरूलाई अझ जिम्मेवार बनाएको बताएका छन्।तर अब असली प्रश्न… ‘गौँथली’ले ३० करोडको आँकडा छुन सक्छ त?

For More videos Log on to Mazzako TV