आर्यन सिग्देलको ‘कन्ये केटो’ ! प्रेम गर्न आएको हो कि बदला लिन ?

दर्शकबृन्द लभ स्टोरी फिल्मा भनेपछि तपाईको दिमागमा के आउँछ ? उही डाँडाकाँडा, उही रुखको वरिपरि हिरोइन्संग रोमान्स गर्ने, चकलेटी हिरो, अनि ब्यटिफुल हिरोइन ? अहँ, यसपटक त्यस्तो पटक्कै होइन ! यहाँ लभ छ, कमेडी छ, अनि खतरनाक ट्विस्ट पनि छ, जसले तपाईंलाई सिटमा ढुकढुक गर्दै बस्न बाध्य बनाउँछ । कुरा हो फिल्म कन्ये केटोको । फिल्मको नामम सुन्नासाथ दिमागले आफैं प्रश्न सोध्न थाल्छ, “कस्तो केटो हो यो?” प्रेमका लागि तयार कि प्रेमबाट भागिरहेको ? दर्शकबृन्द ‘कन्ये केटो’ को मुख्य भूमिकामा देखिँदैछन् आर्यन सिग्देल !

प्रेमकथामा आर्यन सिग्देललाई दर्शकले रुचाउँदै आएका छन् । त्यसैले एकातिर आर्यनको रोमान्टिक अवतार, अर्कोतिर निर्देशक तथा लेखक भिम लामाको कथा भन्ने शैली । अब सोच्नुस्, दुवै मिसिएपछि पर्दामा कस्तो मायाको आँधी आउला ? कल्पना गर्नुस् फिल्मका डाइलग कस्ता होलान ? तिमीलाई भेटेपछि जिन्दगीले बाटो फे¥यो । उता बाट जवाफ आउछ, बाटो फेरिएको होइन, मान्छे सही भेटिएको हो । अनि सक्यो त ? तर कथा केवल रोमान्समै अड्किने छैन । बीचबीचमा हाँसो पनि हुनेछ, परिस्थितिले झस्काउने क्षण पनि हुनेछन्, अनि दर्शकलाई “अब के हुन्छ?” भनेर स्क्रिनमै अड्याइराख्ने रहस्यको स्वाद पनि आउने अपेक्षा गर्न सकिन्छ ।

आर्यन सिग्देलसंग काजगी सम्झौता भैसकेको छ । सक्सेस फिल्म्सको ब्यानरमा बन्न लागेको ‘कन्ये केटो’ मा निर्माता स्वयं भिम लामा र सुखदेव राई छन् भने सहनिर्मातामा श्री लामा र कमला राई रहेका छन्। अहिले फिल्म प्रि प्रोडक्सनको अन्तिम तयारीमा भैरहेको छ । मुख्य नायक फाइनल भइसकेपछि अब मुख्य नायिका र अन्य कलाकारको खोजी अन्तिम चरणमा पुगेको छ । फिल्म कन्ये केटोको असोजको पहिलो साताबाट छायांकन सुरु हुने निर्देशक भिम लामाले बताएका छन् ।
For More videos Log on to Mazzako TV







