मिर्गौला रोगीको उपचारकै २५ लाख बाढीले बगायो, नीति र अश्माले दिए ३ लाख !
रसुवाको उत्तरगया–५, बेत्रावतीका राजकुमार डंगोल परिवारमाथि परेको विपत्तिमा नीति शाह र अश्मा केसी सहारा बनेका छन्। भोटेकोशी बाढीले घरबारसँगै मिर्गौला रोगी पत्नी विष्णुकुमारीको उपचारका लागि जुटाएको २५ लाख रुपैयाँ र गरगहनासमेत गुमाएपछि डंगोलले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेका थिए।

उनको पीडा सुनेपछि मिस नेपाल इन्टरनेशनल २०१७ तथा नायिका नीति शाह, मिस नेपाल २०२४ अश्मा कुमारी केसी र त्रिसरा रेष्टुरेन्टले संयुक्त रूपमा ३ लाख रुपैयाँ सहयोग गरेका हुन्।

अश्माले विपत्तिमा परेका परिवारलाई एक्लो महसुस हुन नदिन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताएकी छन्। उपचारकै लागि जुटाएको रकमसमेत गुमाउनुपरेको परिवारको पीडामा आफूहरूले सकेको साथ दिएको उनको भनाइ छ।
For More videos Log on to Mazzako TV







