काठमाडौं – हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि यस चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो। सोमवार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा चलचित्रको अन्तिम दृश्य खिचिएको थियो। निर्माता बोगटीले चलचित्रको सबै छायांकन सकिएको जानकारी दिँदै अब सम्पादनको काम तत्काल सुरु हुने बताएका छन्। चलचित्र यसै वर्ष रिलिज गरिने पनि उनले बताए।

आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा बनिरहेको यो चलचित्र विशुद्ध पारिवारिक, मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ। चलचित्रले समकालीन समाजका विविध रमाइला र ठट्यौली पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गर्नेछ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यसै चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन् भने चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ। यसै गरी सह-निर्माताको रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा जोडिएका छन्।

यसमा विशाल कक्षपतिको छायाङ्कन रहनेछ भने अभिषेक कार्की सङ्गीतकार हुन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्। चलचित्रमा सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहनेछ।

For More videos Log on to Mazzako TV