काठमाडौं । चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिन जाने भएका छन् । उनीहरूसँगै चर्चित नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि विशेष प्रस्तुति दिने तयारी गरेको छ ।

थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा हुने यी कार्यक्रममार्फत नेपाली संगीतका चर्चित कलाकारहरूले अमेरिकामा रहेका नेपाली दर्शकलाई प्रत्यक्ष मनोरञ्जन दिनेछन् । शिवको लोकप्रिय गीत, समीक्षाको चर्चित आवाज र मुक्ति एन्ड रिभाइभलको लाइभ प्रस्तुतिले कार्यक्रमलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ ।

अमेरिकाका विभिन्न सहरमा हुने कार्यक्रमका लागि आयोजकले तयारी तीव्र पारेको छ । नेपाली कलाकारको प्रस्तुति हेर्न चाहने दर्शकका लागि यो सांगीतिक यात्रा विशेष बन्ने देखिएको छ ।

शिव परियार र समीक्षा अधिकारीको लोकप्रियता तथा मुक्ति एन्ड रिभाइभलको छुट्टै पहिचानका कारण कार्यक्रम घोषणा भएसँगै नेपाली संगीतप्रेमीमाझ चासो बढेको छ । अब अमेरिकाका विभिन्न सहरमा नेपाली गीत–संगीतको यस्तो धमाका कति भव्य हुन्छ भन्ने प्रतीक्षा दर्शकमा देखिएको छ ।

For More videos Log on to Mazzako TV