सर्ट फिल्म ‘दहेज’को नयाँ गीत ‘जानु त पर्छ एक दिन’ सार्वजनिक भएको छ। चर्चित गायिका रचना रिमालको स्वरमा रहेको यो गीतका शब्द सन्तोष दाहालले लेखेका हुन् भने संगीत किरण भुसालले कम्पोज गरेका छन्। लोक–आधुनिक स्वाद बोकेको यस गीतले फिल्मको कथालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

गीतको भिडियोमा पूजा ठकुर, दिनेश निरौला, अनीता रानी मण्डल, सरिता ठाकुर, चन्देश्वर सिंह, बिन्देश्वर सिंह, ज्याक्लिन क्वीन, काजल साह, चन्दन शर्मा र जलेंद्र बाचारले आकर्षक अभिनय प्रस्तुत गरेका छन्। दहेज प्रथाको सुव्यवस्थित चित्रण र सामाजिक यथार्थ उठान गर्ने उद्देश्यले तयार भएको सर्ट फिल्मको यो गीत हालै मात्र देसी फिल्म्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

निर्माण टिमका अनुसार, गीतले समाजमा विद्यमान दु:ख, पीडा र संघर्षलाई कलात्मक रूपमा उठान गर्ने प्रयास गरेको छ। सार्वजनिक भएको केही घन्टामै गीतले दर्शक तथा श्रोता दुवैतर्फबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ।

For More videos Log on to Mazzako TV