आश्मानसँगको सहकार्यमाविन्दुले तयार गरिन् ‘च्वाप्पमोइ’
गायिकाविन्दु परियार तथा गायक एवं ¥यापर आश्मान केसीको नयाँ गीत‘च्वाप्पमोइ’ सार्वजनिक गरिएको छ । गीतमाआश्मानले नै शब्द र सङ्गीत दिएका छन् ।गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्णले विन्दु र आश्मानको जुगल्बन्दीको प्रशंसा गरे । गायिकाविन्दुले आफ्नो गीतमा देखिने सपना यस पटक पुरा भएको बताइन । उनले भनिन्, ‘आफ्नो गीतमा नाचौं–नाचौं लागेको थियो ।यसपटक त्यो सपना पुरा भयो । यस पटक नाच्ने शैलीको गीत तयार गरेको छु ।आश्मानजीसँगको कोल्याबले पृथक तादिएको महसुस भएको छ । गीत सबै वर्गलाई हुने किसिमले तयार गर्ने कोसिस गरेका छौँ ।’

उनले गीतमा पहिलो पटक मोडलिङ गरेको बताउदै नयाँ अनुभव सङ्गालेको बताइन ।उक्त कार्यक्रममा उपस्थितले विन्दुको स्वरको प्रशंसा गर्दैआश्मानसँगको सहकार्य राम्रो देखिएको प्रतिक्रिया दिए । गीतकार राजेन्द्र थापाले विन्दुको स्वर अन्यभन्दापृथक रहेको बताउदै नयाँ सहकार्यको प्रशंसा गरे । उनले भने,‘विन्दुलाई मैले सुरुआती दिन देखि नै पृथकआवाजका कारण नोटिस गरेको हुँ ।उनी विभिन्न किसिमका गीत मार्फत आफ्नो क्षमता देखाउने गर्छिन् ।यसपटक आधुनिकआवाजमा ¥यापआएको छ, यसले नयाँ सम्भावनालाई दर्शाउने छ ।’ उनले गीतको भिडिओको समेत तारिफ गरे ।¥यापर हाकिमले सङगीतकै भिन्नदुई विधामा चम्किरहेका ताराहरूको सहकार्यले नयाँ पनदिने विश्वास व्यक्त गरे ।

‘विन्दु जी आधुनिकसँगै पाश्र्वगायनमा सुनिनु भएको आवाज हो, आश्मानजीले ¥याप सङ्गीतमाआफ्नो सम्भावना देखाउनुभएको छ । उहाँदुईको जुगल्बन्दीले दर्शकलाई नयाँपन दिने देखेर नै यो सहकार्य भएको छ ।दुवै विधालाई रुचाउने दर्शक एक ठाउँमा ल्याउने हाम्रो प्रयाश पनिहो’, ¥यापर हाकिमले भने ।

गीत‘च्वाप्पमोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युबच्यानल मार्फत सार्वजनिक गरिएको छ ।उक्तगीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेकाहुन् ।गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने ¥यापर आश्मानले निर्देशन गरेका हुन् ।








