सम्मानित ज्योतिषी हाकिम सम्राट मल्ल बुटवलमा, पौष ५ गते विशेष ज्योतिष तथा वास्तु परामर्श दिदैँ
पछिल्ला समय चर्चित बनेका ज्योतिषी हाकिम सम्राट मल्ल ज्योतिष तथा वास्तु परामर्श दिनका लागि बुटवल जाने भएका छन्। लोकप्रियता बढेसँगै मल्लको देशभर माग बढिरहेको छ। नेपालका धेरै स्थानमा उनी परामर्श सेवा प्रदान गरिसकेका छन्। सोही क्रमलाई जारी राख्दै उनले यहि पौष ५ गते बुटवलमा सेवा दिन लागेका हुन्। ज्योतिष र वास्तु सम्बन्धी समस्याका समाधान खोज्ने मानिसहरूको बुटवलमा संख्या बढ्दै गएको छ, जसका कारण मल्ललाई त्यहाँ बोलाइएको बताइएको छ। उनी ५ दिनका लागि विशेष परामर्शसहित उपस्थित हुनेछन्। ज्योतिषशास्त्र र वास्तुशास्त्रको क्षेत्रमा हालैका वर्षहरूमा तीव्र गतिमा उदाउँदै आएका ज्योतिषी हाकिम सम्राट मल्ल आज देश–विदेशमा एक भरोसायोग्य र सम्मानित नामको रूपमा स्थापित भएका छन्। नेपाल तथा भारतबाट ज्योतिषशास्त्रमा उच्च अध्ययन, निरन्तर अनुसन्धान, र लगातार मिलिरहेका भविष्यवाणीहरूले उहाँलाई आधुनिक पुस्ताका सफल तथा प्रमाणित ज्योतिषीको रूपमा पहिचान दिलाएको छ।

उहाँले 2081 सालमा प्राप्त गर्नुभएको “ज्योतिष रत्न अवार्ड” ले पनि उहाँको दक्षता, समर्पण र अनुशासित कार्यशैलीलाई थप प्रमाणित गरेको छ। ज्योतिषी मल्लका मिल्दाजुल्दा भविष्यवाणीपछि व्यापार–व्यवसायी, कलाकार, सर्वसाधारण परिवार, विद्यार्थी, विदेश जाने तयारीमा रहेका युवा लगायतका व्यक्तिहरू जीवनका विभिन्न जिज्ञासा र समस्याको समाधान खोज्दै उहाँको कार्यस्थलमा पुग्ने क्रम दिनहुँ बढिरहेको छ।
यस्तै, सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै सक्रिय रहेका ज्योतिषी मल्लले केही वर्षअघि बुटवलको शीतलनगरमा आर्थिक रूपमा कमजोर परिवारका बालकहरूका लागि निःशुल्क वर्तबन्ध कार्यक्रम सम्पन्न गरेका थिए। उहाँले गरेको यो पहलले ज्योतिष ज्ञानसँगै समाजसेवामा पनि उहाँको गहिरो प्रतिबद्धता झल्किन्छ।
ज्योतिष र वास्तुशास्त्रमा वैज्ञानिक अध्ययन, यथार्थ विश्लेषण र शुद्ध सिद्धान्तको अभ्यास गर्दै आएका हाकिम सम्राट मल्ल आजका युवा ज्योतिषहरूका लागि प्रेरणाको स्रोत बन्दै गएका छन्। देश तथा विदेशमा फैलँदै गएको उहाँको नाम, सेवा र विश्वासिले भविष्यमा अझ ठूलो सफलताको बाटो खोल्ने अपेक्षा गरिएको छ।










