‘आमा बाट आमा’ ग्लोबल जर्नी सुरु, अस्ट्रेलिया र न्युजिल्याण्ड अधिकार बिक्री‘
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आमा बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको फिल्मलाई विदेशमा समेत उच्च माग बढ्न थालेको हो। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यस बाहेक अन्य देशमा कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए।

उनका अनुसार यो फिल्म निर्माण भइसकेपछि विदेशमा यो फिल्मको माग उच्च बढ्ने देखिन्छ। पछिल्लो समय नेपाली फिल्मको क्रेज नेपालमा मात्र नभएर, विदेशमा पनि उच्च छ।
यो क्रेज फर्काउनुमा अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्धले पनि हो। यस फिल्ममा पल शाह,उषा उप्रेतीका साथमा सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ। उनीहरु यस फिल्मका लागि फाइनल भइसकेका छन्।
यही महिनाबाट छायांकनमा निस्किने यो फिल्मका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ। फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। यो फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
For More videos Log on to Mazzako TV







