नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतिक्षित चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको भाव जगाएको छ। बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउँदै गरेको चलचित्रको टिजरमा सौगात मल्ल मसाल बोकेर दृढ अडानमा उभिएका देखिन्छन् भने हेमन्त बुढाथोकी र अर्पण थापाले आफ्नो प्रभावशाली भूमिकामा उपस्थित छन्।

टिजरको भावनात्मक केन्द्रबिन्दुमा ऋचा शर्माको संवाद रहेको छ, जसले निर्दोषमाथि अन्याय हुँदा चुप नबस्ने सन्देश दिएको छ। यसका साथै समीर भट्टको प्रवेशले टिजरलाई अझै शक्तिशाली बनाएको छ। ‘एक्सन किङ’ भनेर परिचित समीरले दमदार एक्सन दृश्य र शक्तिशाली संवाद प्रस्तुत गरेका छन्। उनको दृश्य, “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ,” टिजरको प्रमुख आकर्षण बनेको छ।

‘बलिदान’ असल कलाकार र दमदार कथा लिएर दर्शकसामु आउँदैछ। यसमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीले अभिनय गरेका छन्। निर्देशक सन्तोष सेनका अनुसार ‘बलिदान’ केवल चलचित्र होइन, यो हरेक नेपालीको न्याय र देशभक्तिको प्रतीक बन्नेछ। समीर भट्टको एक्सन र अभिनयले चलचित्रलाई अझ उत्कृष्ट बनाएको बताइन्छ।

For More videos Log on to Mazzako TV