‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सामाजिक कथामा आधारित फिल्म
सुरुवातीमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखिएको नाम हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिको दबाबपछि परिवर्तन गरी ‘जनै हराएको मान्छे’ बनाइएको हो । निर्देशक हिमाल न्यौपानेले यो धार्मिक सिनेमा नभई सामाजिक कथा भएकाले अनावश्यक विवाद टार्न नाममा परिवर्तन गरिएको स्पष्ट पारे । उनले सर्जकलाई आफ्नो विषय र नाममा स्वतन्त्र हुने अधिकार भए पनि झमेलाबाट बच्न शब्द परिवर्तन गर्नुपरेको बताए ।

भदौ ६ गते रिलिज हुन लागेको यस चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापालगायतको अभिनय रहेको छ । पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

भानुभक्त ढकालले लेखेको कथा, पटकथा र संवादमा बनेको यो फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ । संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले गरेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् भने निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्ने यो फिल्मलाई विजय बराल ‘पूर्णबहादुरको सारंगी’पछि पहिलोपटक मुख्य भूमिकामा लिएर आएको छ ।
For More videos Log on to Mazzako TV







