‘गुन्यु चोलो : द ड्रेस’ ट्रेलरले देखायो पारालैंगिक पात्रको जीवनको झलक
नेपालमा दबिएर बसेको लैंगिक अल्पसंख्यक समुदायको कथा उजागर गर्ने चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। निर्देशक समुद्र भट्टका अनुसार, ट्रेलरले चलचित्रको मूल अपेक्षासँग मेल खाएको छ र दर्शकको माया पाउने संकेत देखाएको छ। फिल्ममा मुख्य अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्, जसमा समाज, परिवार र छिमेकीबाट भोग्नुपरेको दबाब र भेदभाव देखाइएको छ।

चलचित्रमा नाजिर हुसेनसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कथा, चरित्र र भावनात्मक प्रस्तुतीले यसलाई नेपालकै पहिलो पूर्णरूपको ट्रान्स स्टोरी बनाएको छ। अमेरिकाको बफेलो एट्लेले अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ भने सम्पूर्ण पोस्ट–प्रोडक्सन हलिउड शैलीमा बाहिर गरिएको छ।

‘गुन्यु चोलो : द ड्रेस’मा हलिउडकी चर्चित कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार गरेका छन्। नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको यस चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्र भदौ १३ गते रिलिज हुने तय भएको छ र यसले नेपाली सिनेमामा अल्पसंख्यक समुदायको पहिचानलाई नयाँ आयाम दिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
Ask ChatGPT
For More videos Log on to Mazzako TV







