‘महाभोज’ अब एमएसएम भिडियोमा उपलब्ध
गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। यससँगै संसारभरका दर्शकले मोबाइल, टेलिभिजन वा कम्प्युटरमार्फत एप प्रयोग गरेर घरमै बसेर यो चलचित्र हेर्न सक्ने भएका छन्। दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित एक सामाजिक–राजनीतिक ड्रामा हो।

हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखनमा तयार गरिएको यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्यालको दमदार अभिनय देख्न सकिन्छ। कथामा एक बैंक कर्मचारीले पिताको बचत रकम सहकारीमा फसेको थाहा पाएपछि सुरु हुने सङ्घर्ष, विद्रोह र सत्य खोजीको कथा प्रस्तुत गरिएको छ।
For More videos Log on to Mazzako TV







