फिल्म ‘कश्यप’मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिने उद्देश्यले आभालाई स्क्रिन–टेस्टमार्फत फाइनल गरिएको हो। आभाले आफ्नो भूमिकालाई थप दमदार बनाउनका लागि विशेष एक्सन प्रशिक्षण लिइरहेकी छन्। यसै फिल्ममार्फत बालकलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्।

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गर्दै फष्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ। एक्सन, प्रेम र संगीतको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने लक्ष्यसहित तयार भैरहेको ‘कश्यप’लाई पूर्ण रूपमा मनोरञ्जनात्मक फिल्मका रूपमा निर्माण गरिँदैछ र छायांकन चाँडै सुरु हुने बताइएको छ।

For More videos Log on to Mazzako TV