असोज ३ गते प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको यस फिल्ममा लिम्बु समुदायको सांस्कृतिक पहिचानको प्रतीक च्याब्रुङ बाजालाई केन्द्रमा राखी कथा प्रस्तुत गरिएको छ। टिजरमा लिम्बु समाजको खुशी र भावनामा च्याब्रुङको महत्वलाई प्रस्तुत गर्दै, सांस्कृतिक गौरव र आत्म–पहिचानको गहिरो कथा सुनाउने संकेत दिन्छ। टिजरको शुरुवातमै च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादले फिल्मको भावनात्मक पृष्ठभूमि स्पष्ट पारेको छ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको प्रमुख भूमिका छ भने बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माणमा बनेको यो फिल्म बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त प्रस्तुति हो।

‘जारी’ २०८० सालको ब्लकबस्टर फिल्म हो, जसले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गर्दै वर्षको सबैभन्दा सफल फिल्मको दर्जा पाएको थियो। यही सफलताको निरन्तरतामा निर्माण भएको ‘जारी–२’लाई प्रदर्शनपूर्व नै वर्षको सर्वाधिक प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ र यसले व्यापारिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV