‘सुस्केरा’ को थिम पोस्टर सार्वजनिक
नयाँ फिल्म ‘सुस्केरा’ को थिम पोस्टर सार्वजनिक गरिएकाे छ। दुई थिम पोस्टरमध्ये एकमा पीडित बालबालिका देखिन्छन् भने अर्को पाेस्टरमा आशाका साथ उभिएका बच्चाहरू छन् ,जसले फिल्मको गहिरो सन्देश दर्शाउँछ।

फिल्म मणिलिङ्गेश्वर फिल्म्स र कर्मविर मल्टिपर्पोज इन्भेष्टमेन्ट प्रा.लि. को संयुक्त निर्माणमा तयार हुँदैछ। यसमा ममता रायमाझी प्रमुख प्रस्तोता हुन् भने, नवराज अधिकारी र डा. ओमकृष्ण प्रसाइँ निर्माता रहेका छन्। फिल्मको कथा, पटकथा र निर्देशन शंकर अधिकारी ‘घायल’ ले गरेका छन्।

कलाकारहरूको सूचीमा गीत अधिकारी, दिनेश कोइराला, नेहा देव, डा. ओमकृष्ण प्रसाइँ, नवराज अधिकारी, मौसमी कार्की, तथा बालकलाकार शुभम अधिकारी र हार्दिक पौडेल र नायरा प्रसाइ रहेका छन्। फिल्मको छायांकन रविन्द्र बराल, कोरियोग्राफी राजन महर्जन, मेकअप मदन न्यौपाने, र सम्पादन राजेश कुमार को रहनेछ।
निर्देशक अधिकारीका अनुसार, फिल्मको छायांकन आगामी भदौको दोस्रो हप्ताबाट काठमाडौँ उपत्यका र वरपरका स्थानहरूमा सुरु हुने तयारीमा छ।
For More videos Log on to Mazzako TV







