नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन् । उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको एक महत्वपुर्ण भुमिकाका लागि अनुबन्ध गरेको हो । स्क्रिप्ट मन परेपछि मदनकृष्णले अभिनय गर्न स्विकृति जनाएका हुन् । निर्देशक नीताले स्क्रिप्ट सुनाउँदा श्रेष्ठ भावुक भएको र उनी अभिनयमा सहभागी हुन उत्साहित देखिएको बताइन् ।

यसअघि फिल्ममा अनुभवी अभिनेत्री मिथिला शर्मालाई पनि अनुबन्ध गरिसकिएको छ । उनीहरूबाहेक अन्य प्रमुख कलाकारहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन । ‘सुख दुःख’ नीता ढुंगानाको निर्देशनमा बन्न लागेको पहिलो फिल्म हो भने छायांकनका लागि भारतीय छायाकार कवीरलाल र शाहिदलाल अनुबन्ध भइसकेका छन् । शंकर पाण्डेले निर्माण व्यवस्थापनको जिम्मा लिएका फिल्म ‘नीता फिल्म्स’को ब्यानरमा तयार हुँदैछ । दसैंको फूलपातीमा फिल्म प्रदर्शन गर्ने योजना छ । फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले र उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले लिएका छन् ।

For More videos Log on to Mazzako TV