यम शेर्पाको निर्देशनमा तयार हुँदै गरेको नेपाली चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर छायांकनको सेटबाटै यो मिति सार्वजनिक गरेको हो। निर्देशक शेर्पाले वितरक र प्रदर्शकसँगको सल्लाहपछि माघ १ लाई उपयुक्त मितिका रूपमा तय गरिएको बताएका छन्। अहिले फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ भने सुटिङ सुरु भएको करिब दुई साता मै सम्पन्न हुने तयारी छ।

यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् भने बाल कलाकारको रूपमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ। दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो भने निर्देशक यम शेर्पाको दयाहाङसँग यो दोस्रो सहकार्य हो।

चलचित्रका छायाकार आलोक शुक्ला हुन् भने निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन्। सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर, कार्यकारी निर्माता रोहित कट्टेल रहेका छन्। बिरेन्द्र शाही लाइन प्रोड्युसर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा संलग्न छन्। देशभर चलचित्रको वितरण जिम्मा आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन्।

For More videos Log on to Mazzako TV