टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमले ठूलो पर्दामा प्रवेश गर्ने तयारी गर्दै फिल्म ‘क का कि की’ निर्माणको घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमार्फत फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्ममा गौरी मल्ल, त्रिप्ती नाटकर, रेखा थापा र महेश त्रिपाठी प्रमुख भूमिकामा छन्। मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारको पनि विशेष उपस्थिति रहनेछ।

फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन् भने निर्माणको जिम्मा श्रद्दा प्रसाई र सुमित्रा थापाले लिएका छन्। पटकथा विक्की अग्रवालले तयार पारेका हुन् भने कथा विकासमा बिकाश अर्याल र सरोज भण्डारीको पनि योगदान रहेको छ। छायांकन सुदिप बरालले गर्नेछन् भने पोस्टर रोयल भिमसेनले तयार गरेका छन्। निर्माण पक्षका अनुसार फिल्म हाँस्य विधामा निर्माण हुनेछ।

फिल्म दशैंको टिकाको भोलिपल्टदेखि छायांकनमा जानेछ। वितरण अधिकार श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएका छन्। निर्देशक विक्की अग्रवालले अग्रज कलाकारहरूसँग काम गर्ने अवसर पाउनु प्रेरणादायी भएको भन्दै फिल्मले दर्शकलाई टेलिभिजनमा जस्तै हलमा पनि रमाइलो अनुभूति दिने अपेक्षा व्यक्त गरेका छन्।

Ask ChatGPT

For More videos Log on to Mazzako TV