फिल्म ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा बनेको यस गीतमा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको छ। गीत निकै कर्णप्रिय हुनुका साथै भिडियोलाई पनि आकर्षक रुपमा निर्माण गरिएको छ, जसमा बलियो कोरियोग्राफी प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा नायक प्रमोद दीपसँगै दीपाश्री निरौला, प्रियंका कार्की, पूजा शर्मा, दीलिप रायमाझी र किरण केसी को धमाकेदार नृत्य देख्न सकिन्छ। कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियो गीतले दर्शकलाई झुमाउने अपेक्षा गरिएको छ। हली फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ भने सुभ चिरायू फिल्मस र जापुरा फिल्म्स प्रोडक्सनको संयुक्त निर्माणमा तयार भएको हो।

फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, नम्रता भण्डारी (सह–निर्माता), अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी लगायतको अभिनय रहेको छ। अर्जुन भुसाल कार्यकारी निर्माता रहेका फिल्ममा राहुल राइको छायांकन, राम प्रसाद चौधरीको सम्पादन र कुमार महर्जनको एक्सन रहेको छ। कार्यक्रममा निर्मात्री जश्मिन श्रेष्ठले फिल्म ‘हली’ एक व्यक्तिको परिवर्तनले देशमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कथा बोकेको जानकारी दिँदै दर्शकको साथ पाउने आशा व्यक्त गरिन्।

For More videos Log on to Mazzako TV