काठमाडौं — गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ढाँट्यो मायाले’ सार्वजनिक गरिएको छ। एसपी क्रिएशनको ब्यानरमा बनेको यो म्युजिक भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

मुस्कान ढकालको लेखन तथा निर्देशन रहेको गीतमा प्रेम, सहयोग, धोका र विछोडको कथा प्रस्तुत गरिएको छ। भिडियोमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जहाँ गाउँले परिवेश र विद्यार्थी जीवनको प्रेमलाई मार्मिक ढंगले देखाइएको छ।

गीतमा दीपकराज विश्वकर्माको शब्द, संगीत र एरेञ्ज रहेको छ भने छायांकन दीपक गिरीले गरेका हुन्। मेकअप रोजिना श्रेष्ठ, ड्रेस डिजाइन तानी थापा, प्रोडक्सन इन्चार्ज सुरज ओली र पोस्टर डिजाइन SD HOUSEले सम्हालेका छन्। अमीर के.सी सहायक निर्देशकको रूपमा रहेका छन्।

गीतलाई युट्युब, फेसबुक, स्पोटिफाइ, अमेजन म्युजिकजस्ता डिजिटल प्लेटफर्महरूमा हेर्न र सुन्न सकिनेछ। ‘ढाँट्यो मायाले’ दर्शकको मन छुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

For More videos Log on to Mazzako TV