गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको १०० औं दिन पुरा गरेको छ। शुक्रवार काठमाडौँको क्युएफएक्स सिटी स्क्वायर मल, कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्सलगायतका हलहरूमा यो चलचित्र प्रदर्शन भइरहेको छ। निर्देशक मिलन चाम्सले दर्शकको निरन्तर साथप्रति आभार व्यक्त गर्दै अझै पनि साथको अपेक्षा गरेका छन्।

‘अञ्जिला’ चलचित्रले हालसम्म १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको निर्माण पक्षले जनाएको छ, जुन २०८१ सालको उत्कृष्ट पाँच व्यापारिक चलचित्र मध्ये एक बन्न सफल भएको हो। चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित छ। चलचित्रमा एन्जिला आफैँले मुख्य भूमिका निर्वाह गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ लगायत कलाकारको सशक्त अभिनय रहेको छ।

For More videos Log on to Mazzako TV