ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीत ‘ठिकै छ मेरी प्रिय’ को भिडियो शुक्रबार सार्वजनिक गरिएको छ। अनुजा बरालको निर्देशनमा तयार भएको यस भिडियोमा प्रेम, पीडा र सम्बन्धभित्रको द्वन्द्वलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय छ भने गुरु वसिष्ठकै स्वरमा सजिएको गीतमा शेखर थापाको शब्द र दिवेश राईको संगीत रहेको छ। भिडियोको छायांकन साजन ठाकुरले गरेका छन् भने सम्पादन सन्देश शाहले गरेका हुन्।

भिडियोमा भीएफएक्स सत्यम रानाको, रङ संयोजन राजेन्द्र मोक्तानको, र भिडियो ड्रागन मोसन पिक्चरको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। निर्माण पक्षले भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।

For More videos Log on to Mazzako TV