‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन हुँदै
नेपालमा दर्शकहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाउँदै आएको नेपाली फिल्म ‘महाभोज’ अब अन्तर्राष्ट्रिय प्रदर्शनको यात्रामा निस्किएको छ। सहकारी ठगीको पीडादायी कथा बोकेको यो चलचित्र अस्ट्रेलियाका विभिन्न सहरहरू, दक्षिण कोरिया र जापानमा प्रदर्शन हुँदैछ। अस्ट्रेलियाको पर्थमा प्रिमियर सम्पन्न भइसकेको फिल्म अब क्यानबेरा, ब्रिसबेन, एडिलेड, मेलबर्न र तास्मानियामा प्रदर्शन हुँदैछ, जुन शोहरूको मिति क्रमशः सार्वजनिक हुँदैछन्। अस्ट्रेलियामा रोतेपिङ इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने कोरियामा हिमालयन के-भाइब्स र जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टमार्फत फिल्म प्रदर्शन भैरहेको छ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘महाभोज’ ले सहकारी ठगीको मारमा परेका आम नेपालीहरूको पीडा भावनात्मक शैलीमा प्रस्तुत गर्छ। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, वसुन्धरा भुसाललगायतको अभिनय रहेको फिल्मले सामाजिक यथार्थलाई पर्दामा उजागर गरेको छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा बनेको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन्। नेपालमा शुक्रबारदेखि प्रदर्शनमा आएको ‘महाभोज’ ले घरेलु सफलता पछ्याउँदै विश्व बजारमा पनि प्रभाव जमाउने अपेक्षा गरिएको छ।
For More videos Log on to Mazzako TV